क्‍वारेन्टाइनमा रहेका बिरामीको उपचारको क्रममा मृत्यु

क्‍वारेन्टाइनमा रहेका बिरामीको उपचारको क्रममा मृत्यु

दमौली : भानु नगरपालिका–२ को शारदा कलेजस्थित क्‍वारेन्टाइनमा रहेका एक व्यक्तिको उपचारका क्रममा ज्यान गएको छ। 

भारतबाट चार दिन अघि आएका भानु–६ मैबल निवासी ६६ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । 

शनिबार विहान बिरामी परेपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार उनको उपचारका लागि लाने क्रममा बाटोमै ज्यान गएको हो । 

भानु नगरपालिकाका स्वास्थ्य एकाई प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आउनासाथ नै  उच्च रक्तचाप, दम र सुगरका बिरामी उनको अवस्था कमजोर थियो।

 ‘विहान सास फेर्न गाह्रो भएपछि एम्बुलेन्सको सहायतामा पोखरा पठाइएको थियो,’ उनले भने,‘तर अस्पताल नपुग्दै बाटोमै निधन भएको खबर आयो।’ भारतबाटै बिरामी अवस्थामा आएका उनी सुरुदेखि नै अप्ठेरो अवस्थामा रहेको बताइएको छ।

क्‍वारेन्टाइनमा आएकै चार दिन मात्र भएकाले यस अघि उनको पीसीआर परीक्षण गरिएको थिएन। तर निधन भए पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको पीसीआरका लागि स्वाब नमूना परीक्षण गर्न पठाइएको भट्टराईले जानकारी दिए।

 ‘स्वाब परीक्षणका लागि पठाइएको सूचना पाएको छु,’ उनले भने,‘तर नतिजा आएको खबर छैन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.