पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दाहसंस्कार

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दाहसंस्कार

दमौली : शनिबार बिहान मृत्यु भएका भानु २ शारदा कलेजस्थित क्वारेन्टिनका एक बिरामीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि परिवारले दाहसंस्कार गरेका छन् ।  भारतबाट चार दिनअघि आएका भानु ६ मैबल निवासी ६६ वर्षका रामबहादुर श्रेष्ठ शनिबार बिहान बिरामी परेपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार उनको त्यहीं उपचारका लागि लैजाने क्रममा बाटामै ज्यान गएको थियो । तर कतिपयले भने उनको क्वारेन्टाइनमै ज्यान गएको आशंका गरेका थिए ।

प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार भने उनको पोखरा उपचारका लागि लैजाने क्रममा ज्यान गएको थियो । भानु नगरपालिकाका स्वास्थ्य एकाई प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले वृद्धको शनिबार राती रिपोर्ट नेगेटिभ आएकाले पारिवारिक रितअनुसार दाहसंस्कार गरिएको बताए । 

भारतबाटै बिरामी अवस्थामा आएका उनी क्वारेन्टाइनमा रहँदादेखि नै बिरामी परेका थिए । उच्च रक्तचाप तथा सुगरका बिरामी उनले श्वासप्रश्वासमा अप्ठेरो भएको थियो।कोरोना भएको हुनसक्ने आशंकामा मृत्युपछि पीसीआर परीक्षण गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.