मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ (फोटो फिचर)
काठमाडौं : नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बबरमहलस्थित नेपाल आयल निगम अगाडि प्रदर्शन गरेको छ । आइतबार दिउँसो आयल निगम पुगेका नेविसंघका नेता तथा विद्यार्थीले सरकारसमक्ष मृत्यवृद्धिको माग गरेका हुन्।
नेविसंघका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन माग गरेको जानकारी दिए।।'बन्दाबन्दीको समयमा जनतालाई राहत प्याकेज ल्याउनुपर्ने सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व पूरा गर्न सकेन, उनले भने, 'संघले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहन्छ।'
यस्तै, संघले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण, अनावश्यक खर्च कटौती तथा स्वचालित मूल्य प्रणाली पालना गर्नुपर्ने माग गरेको छ । यसअघि संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै यही असार २४ गते निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो ।