सञ्‍चालनमा आयो मयूर यातायात

सञ्‍चालनमा आयो मयूर यातायात

काठमाडौं :  यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरे पनि मयूर यातायात प्रालिले भने बस सेवा सुरु गरेको छ । सोमबारदेखि तीनवटा बस संचालनमा आएको प्रालिले जनाएको छ ।

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो । 

सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालीले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालीका सञ्चालक दीपक भण्डारीले बताए ।

पहिलो दिनमा काठमाडौँ-बनेपा र चक्रपथ रुटमा बस चलेको छ । उनका अनुसार प्रालीले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ । उनले भने, 'मङ्गलबार र बुधबारदेखि नै अरु बस थप्दै जानेछ ।'

बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्ययवसायी राष्ट्रिय महासंघले गरेको मागमा सो प्रालीले पनि समर्थन गरेको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.