इटहरीका लेखा अधिकृत घुससहित पक्राउ
इटहरी : इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुससहित प्रकाउ परेका छन्। उनलाई ६५ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।
अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार लामो समयदेखि सेवाग्राहीहरुलाई कमिसन माग्दै दुःख दिने गरेको गुनासोका आधारमा अख्तियारले पोख्रेललाई केही सातादेखि पछ्याइरहेको थियो।
यो पटक भने एउटा विद्यालयको योजनामा कमिसन वापतको पैसा लिने बित्तिकै उनी पक्राउ परेका हुन्। उनीमाथि थप अनुसन्धान सुरु भएको छ।