सुनसरीको सीमा क्षेत्रमा मध्यरात गोली हानाहान, दुई जना घाइते

सुनसरीको सीमा क्षेत्रमा मध्यरात गोली हानाहान, दुई जना घाइते

इटहरी : सुनसरीको देवानगञ्ज ३ स्थित नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार राति प्रहरी र आपराधिक समुहबीच गोली हानाहान भएको छ। सो क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते हुनेमा देवानगञ्ज -२ का २३ वर्षीय पिन्टु यादव र देवानगञ्ज -३ का राजेश यादव रहेको सुनसरीका एसपी कमल थापाले जानकारी दिए। उनीहरुको तिघ्रा र खुट्टामा गोली लागेको छ। जिल्ला अस्पताल इनरुवामा सामान्य उपचारपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। 

राति १२ बजे गस्तीमा रहेको प्रहरीले सर्च अप्रेसन गर्ने क्रममा पाँच जनाको उक्त समूहले प्रहरीमाथि गोली चलाएको हो। प्रहरीले पनि १२ राउण्ड फायर गरेको थियो। दुई जनालाई गोली हानी नियन्त्रणमा लिएपनि बाँकी भने भागेर सीमा पार गएका छन्। 

प्रहरीले घटनास्थलबाट अटोमेटिक युएसए पेस्तोल एउटा, ६ राउण्ड गोली र २ थान म्यागेजिन बरामद गरेको छ। यस्तै बिआर ३८ भि ३५२८ र अन टेष्ट १२५ सीसीको साइन मोटरसाइकल पनि बरामद गरेको छ। नेपाल–भारत सीमामा तस्कर तथा आपराधिक समूह र प्रहरीबीच पटक पटक झडप हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.