काठमाडौं उपत्यकामा थप ३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २८५ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या ११ हजार ५ सय ३४ पुगेको छ।
बिहीबार मात्र १६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६सय ८८ जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।यी नमूना २७ वटा प्रयोगशालाबाट गरिएको हो। क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ७५६ पुगेको छ। यस्तै मन्त्रालयकाअनुसार आइसोलेसनमा ५ हजार ८७१ जनाको उपचार भइराखेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.