पहिरोमा बेपत्ता एक जनाको उद्धार, एकको खोजी जारी

पहिरोमा बेपत्ता एक जनाको उद्धार, एकको खोजी जारी

दमौली : घरमाथिबाट आएको पहिरोले पुरेर बेपत्ता भएका दुईजना मध्ये एकजनाको जीवितै उद्धार गरिएको छ। भानु ९ सिमलगैह्रेमा सोमबार दिउँसो करिब दुई बजेतिर गएको पहिरोका कारण स्थानीय मनोज धौलारीको घर पुरिएको थियो। पाँच सदस्यमध्ये तीनजना जोगिए पनि दुईलाई भने पहिरोले पुरेको थियो। 

घटनालगत्तै प्रहरी र स्थानीयको सक्रियतामा पुरिएकी मनोजकी छोरी १७ वर्षीया शितास्माको जीवितै उद्धार गरिएको वडाध्यक्ष निलम संजिवा श्रेष्ठले बताए। तर उनकी हजुरआमा ८० वर्षीया तिलमाया भने अझै पहिरोमा पुरिएकी छन्। उनको पनि उद्धारको प्रयास भइरहेको श्रेष्ठले जानकारी दिए। ‘प्रहरी र स्थानीय घटनास्थलमै छन्,’ उनले भने, ‘उद्धारको काम भइरहेको छ।’ 

एम्बुलेन्स नआएपछि एक्साभेटरमा राखेर पठाइयो

एक्कासी पहिरो आएकाले मनोजकी पत्नी र एक छोरी भाग्न सके पनि दुई जना भने पुरिएको प्रहरीले जनाएको छ। पहिरो खस्ने क्रम चलिरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए। प्रहरीले घाइते एकजनाको उद्धार गरे पनि ठाउँ ठाउँमा बाटो बिग्रिएका कारण एम्बुलेन्स आउन नसकेपछि एक्साभेटरमा राखेर उपचारका लागि पठाइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। ‘बाटो भत्किएकाले एम्बुलेन्स नै आउन सकेन’, उनले भने,‘तैपनि बचाउन सकिन्छ कि भनेर राजमार्गसम्म जेसीबीमा राखेर पठाएका छौं।’

८ घरका ३९ विस्थापित

शुक्लागण्डकी स्याउली बजारमा पहिरो खसेकाले जोखिममा परेका ८ घरका ३९ जना विस्थापित भएका छन्। अविरल वर्षापछि पहिरोले घर जोखिममा परेकाले घर छाडेका उनीहरुमध्ये केही आफन्त र केही छिमेकीको शरणमा गएका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.