सुनकोशी क्षेत्रमा सेचत रहन अपील
काभ्रे : चिनको खासामा रहेको केरुङ च्छो ताल अविरल वर्षाको कारण भरिन गइ फुट्ने सम्भावना रहेको भन्दै जिल्ला प्रसाशन कार्यलय काभ्रेले सूचना जारी गरेको छ। मंगलबार भोटेकोशी नदीको जल प्रवाह बढ्दा जिल्लाको सुनकोशी किनारमा रहेका बस्तीमा समेत सचेत रहनाको लागि सूचना निकालिएको हो।
ताल फुटेमा सुनकोशी नदिमा समेत जल प्रवाह आकस्मिक रुपमा बढ्न सक्ने देखिएकोले नदी किनारमा रहेका बस्तीमा बसोबास गर्ने सर्वसाधारणलाई सो नदी क्षेत्रमा प्रवेश नगर्न र जुनसुकै बेला सजग र सतर्क अवस्थामा रहन जिल्ला प्रशासन कार्यलयले सार्वजानिक सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।
सुनकोशी आसपास रहेको काभ्रे जिल्लाको भुम्लु गाउँपालिका, चौरी देउराली गाउँपालिका र तेमाल गाउँपालिकाका केही वडा सुनकोशी नदीसँग जोडिएका छन्।