सप्तकोशीले कटान थालेपछि मर्मत सुरु

सप्तकोशीले कटान थालेपछि मर्मत सुरु

इटहरी : सप्तकोसी नदीले तटबन्धलाई सुरक्षा गर्न बनाइएको स्पर कटान तिब्र पारेको छ। २४ घण्टामा १० फिटसम्म कटान गरेपछि मर्मतसमेत तीव्र बनाइएको छ। 

बराहक्षेत्रको वडा नम्बर ६ ठाकुरबारीमा रहेको ९ र १० नम्बर स्परमा कोशीको एउटा भंगालोले कटान गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले जानकारी दिए ।  कटान थालेपछि कोसी प्रोजेक्टका कामदारसँगै नेपाली सेना र सशस्त्र प्रहरीले वालुवाको बोरा, जाली, ढुङ्गा तथा प्रकोपाइनले कटान नियन्त्रणको प्रयास थालेका छन्।

कोशीको एउटा भंगालो अनपेक्षित रुपमा पूर्वतर्फ सोझिएपछि कटान तीव्र बनेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए। उनका अनुसार पाँच दिनदेखि १७ फिट स्पर कटान भएको छ। वडाध्यक्ष उद्धव पोख्रेलका अनुसार स्परमा हुने तीव्र कटानले तटबन्धमा जोखिम बढाउँछ। तटबन्ध भत्केमा कोशी वस्तीमा पसेर विनाश गर्छ। 

२०६५ सालमा समेत कोशीको पूर्वी तटबन्ध भत्कँदा सुनसरीका दक्षिण–पश्चिमको हजारौं विगाहा जग्गा डुबानमा परेको थियो। ३० हजार बढी मानिस प्रभावित बनेका थिए। सडक र विद्युत् अवरुद्ध हुँदा पुर्वका दर्जनौं उद्योग बन्द भएका थिए।

अहिले कोशीमा पानीको बहाव १ लाख ९३ हजार ७ सय १५ क्युसेक छ। कोसी ब्यारेजको २६ ओटा ढोका खोलिएका छन्। सप्तकोसीमा यो वर्षकै बढी पानी गत ७ गते ३ लाख ४२ हजार मापन गरिएको ब्यारेज प्रशासनले जानकारी दिएको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.