हाते ट्याक्टरको माग बढ्यो

हाते ट्याक्टरको माग बढ्यो

गुल्मी : पछिल्लो समय खेतीपाती लगाउन आधुनिक औजारको प्रयोग बढ्दै गइरहेको छ । आजभोली खेतबारीमा हलो,गोरुले जोतेको कमै भेटिन थालेको छ । तराईका जिल्लामा पहिलेदेखि नै ट्याक्टरले जोतेर खेतीपाती गर्ने चलन रहेको भएपनि पहाडि जिल्लामा आधुनिक औजारको प्रयोग हुन सकेको थिएन ।

केही वर्ष यतादेखि भने पहाडी जिल्लामा समेत आधुनिक औजारको प्रयोग गरी खेतीवाली लगाउन सुरु गरिएको छ । गोरु पालेर खेतीबाली गर्ने किसान गाउँमा विरलै भेटिने गर्छन् । 

घरमा पुरुष नभएका महिलाले हाते ट्याक्टरको प्रयोग गरी खेतीपाती गर्न थालेका छन्। प्रविधिको सहयोगले सहज भएको धुर्कोट गाउँपालिका-७ की खगादेवी पराजुलीले बताइन् । 'गोरु हलो जोत्न सकिन्न,'उनले भनिन्, 'हाते ट्याक्टर महिलाले जोतिरहेका छौं ।' प्रगतीशिल कृषि महिला समूहकी अध्यक्ष समेत रहेकी पराजुलीले एक÷एकजना महिला पुरुषलाई हाते ट्याक्टर प्रयोगको तालिम दिने उल्लेख गरिन् । उनका अनुसार स्थानीय व्यक्तिको खेतबारी जोत्दा निश्चित दररेट तोकेर पारिश्रमिक लिने व्यवस्था गरिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत परियोजना कार्यान्वयन इकाइ मकैजोनले सहकारीमार्फत आधुनिक मेसिनरी औजार किसानलाई प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख नारायण काफ्लेले बताए । 

उनले जिल्लाका धुर्कोट,मदाने,मालिका र इस्मा गाउँपालिकाको झण्डै २ सय ५० हेक्टर क्षेत्रफलमा किसानले मकैको बीउ उत्पादन गरिरहेको जानकारी दिए । सोहीअनुसार मकै जोन कार्यक्रमले किसानलाई सहयोग पुर्‍याउने उदेश्यले साना मेसनरी औजार प्रदान गरिरहेको काफ्लेको भनाइ छ ।

किसानको ५० प्रतिशत लगानी र मकै जोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा साना औजार वितरण गरिएको कार्यालयले जनाएको छ । प्रति हाते ट्याक्टर ५० हजारदेखि ५५ हजार मुल्यसम्मका रहेको मकै जोन सञ्चालक समितिले जनाएको छ ।  

समितिका अनुसार हाते ट्याक्टरको माग किसान बढ्दै गएकाले गत आर्थिक वर्षमा लकडाउनका कारण २९ वटा मिनिटेलर,२ वटा कन्सेलर मकै छोडाउने मेसिन र २० वटा ल्याडीवेल वितरण गरिएको छ । 

गाउँमा मेशनरी औजार मर्मतका लागि समस्या हुने भएकाले १५ जना युवालाई मर्मतको तालिम दिएर यान्त्रीकरण मर्मत जनशक्ति उत्पादन गरिएको समेत परियोजनाले जनाएको छ ।

पुख्र्यौली पेशालाई व्यवसायिक बनाउन आधुनिक कृषि औजारले सहयोग गरेको स्थानीय किसानले बताए । किसानले छिटो छरितो र कम मुल्यमा काम गर्न औजारको आवश्यक पर्ने उल्लेख गरे।

निर्वाहमुखी मकै उत्पादनलाई बढाएर व्यवसायिक बनाउन गुल्मीमा मकै जोन कार्यक्रमले उल्लेख्य भुमिका खेलेको जिल्ला सम्वन्य समिती गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए ।'किसानलाई व्यवसायिक बनाउन सहयोग गरेको छ,'उनले भने,‘मकै जोन कार्यक्रमलाई जिल्लाभर विस्तार गर्न आवश्यक छ ।'

पराजुलीले  १९ वटा वडामा मात्रै लागु भएको यो कार्यक्रम माग अनुसार अन्यत्र लागु गर्न नसकिएको उल्लेख गरे । उनले कृषकको आम्दानीमा सहयोग गर्ने उदेश्यले कार्यक्रम जिल्लामा लागु भएको बताए । 

प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य दिनेश पन्थीले उत्पादनमा संभावना भएरपनि आधुनिक यान्त्रीकरणको अभावमा कृषि उत्पादन पछि परेको बताए । मकै,कोदो र गोहुँ,जौं लगायतका खेतीपाती निर्वाहमुखी नभई व्यवसायिक बनाउनुपर्ने उल्लेख गरे । पन्थीले राज्यले लगानी गरेर पनि नागरिक खुसी नहुनुको कारण पत्ता लगाएर किसानलाई आम्दानीमा जोड्न परियोजनालाई निर्देशन गरे ।

उनले सरकारका अनुदानमा नागरिकको पसिना परेकाले भरपुर प्रयोग गर्न किसानलाई आग्रह गरे । पछिल्लो समय जिल्लामा मकैजोन कार्यक्रम लागुभएपछि मकैको विउ उत्पादनमा १५ प्रतिशतले वृद्धी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.