पहिरोले नौलीखोला थुनियो, ५० घर उच्च जोखिममा

पहिरोले नौलीखोला थुनियो, ५० घर उच्च जोखिममा

गोरखा : धार्चे गाउँपालिका - ७ को नौलीखोला गएरातिदेखि थुनिएको छ। माथिल्लो चिङ्गार डाँडा पहिरिएर मापु भन्ने ठाउँमा खोला थुनिएको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए।
‘रातभरि पानी परिरहेको छ। पहिरो पनि रातिदेखि गइरह्यो, उनले भने, ‘खोला थुनिएर ठूलो ताल बनेको छ। ताल वरिपरि कोही पनि जान सकेको छैन।’

खोला थुनिँदा आसपासका ५० भन्दा धेरै घर जोखिममा रहेको उनले बताए। नौलीखोलाबाट तीनभागको एकभाग मात्र पानी बगिरहेको अर्का स्थानीय उज्वल गुरुङले जनाए। ‘तीनभागको एक भाग मात्र पानी बगेको छ’, उनले भने, ‘थुनिएको ताल फुट्यो भने पान्द्राङ र नौलीखोलाको करिब ५० घरधुरी सिनित्तै बगाउँछ।’ पहिरोमा स्थानीय अन्तरी गुरुङको चार वटा गाई र ११ वटा बाख्रा हराइसकेको उनले बताए।

नौलीखोला मनास्लु पदमार्गमा पर्ने ठूलो झरना हो। १० घण्टादेखि खोला थुनिएपछि नौलीखोलाको बस्तीका बासिन्दा डरले घर छोडेर भागेका त्यहाँबाट गणेश कार्कीले जानकारी दिए। ‘हामी त भागेर खानीबेशीमा आएर बसेका छौं’, उनले भने।

खोला थुनिएको बारे जानकारी पाएको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बिहानैदेखि आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको बताए। साथै माछाखोलाबाट तल र अर्मलाबाट माथि हिँडडुलमा रोक लगाएको बताए। ‘त्यहाँ रहेको सेनाको सडक निर्माण कार्यदललाई थुनिएको ठाउँको ‘रेकी’ गर्न भनेको छु’, प्रजिअ पौडेलले भने, ‘फुटाउन सकिने अवस्था रहेछ भने फुटाउने छौं।’

रेडक्रससँग समन्वय त्रिपाल र अन्य संघसंस्थासँग समन्वय गरेर गाउँबाट विस्थापितहरुलाई खाने बस्ने व्यवस्था मिलाइएको गाउँपालिकाकी उपप्रमुख फुलमाया गुरुङले जानकारी दिइन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.