इन्जिनियरको गाई फार्म

इन्जिनियरको गाई फार्म

वीरगन्ज : पर्साको पकाहामैनपुर गाउँपालिका १ धोरेका श्यामवदन यादव (४०) ले बुवा आमाको सपना पूरा गर्न भारतको बैंग्लोरमा कम्प्युटर इन्जिनियर बढे। डिग्री पनि हात पूरा भयो। कम्प्युटर इन्जिनियरपछि बैंग्लोरमै उनले एमबीए पनि गरे। तर कम्प्युटर इन्जिनियर र एमबीए दुवै डिग्रीका कागज घरमै थन्क्याएर श्यामवदन भने १२ वर्षदेखि गाईभंैसी पालनमा रमाइरहेका छन्।

बैंग्लोरबाट फर्किएका श्यामवदनले वीरगन्जको प्रतिष्ठित घरानाको उद्योगमा आकर्षक तलब सुविधासहितको जागिर पनि पाइसकेका थिए। तलब सुविधा पनि राम्रै थियो। तर किसानका छोरा श्यामवदन जागिरमा धेरै दिन रमाउन सकेनन् र ६ महिनामै छाडे।

सुरुमा उनले १० वटा उन्न्त जातका गाई किनेर व्यवसाय थाले। पुख्र्यौली जग्गा बैंकमा धितो राखेर उनले कलश मिल्क इन्डस्ट्रिज पनि खोले। उद्योगमा चाहिने दूधका लागि श्यामवदनले गाई र भैंसी किनेर गाउँका किसानलाई बाँडे।

कम्प्युटर इन्जिनियर पढेर पशुपालन थालेपछि उनको कुरा काट्नेको पनि गाउँमा कमी थिएन। तर उनले त्यसको प्रवाह गरेनन्। पशुपालनमा दत्तचित्त भएर लागीरहे। उनको लगनशीलताले १२ वर्षमा एकपछि अर्को सफलता पाउँदै गएको छ। १२ वर्ष अघि ७ लाख पुँजीबाट सुरु गरिएको श्यामवदनको पशुपालनमा अहिलेसम्म २० करोड लगानी भइसकेको छ। त्यसमा ७५ जनाले प्रत्येक्ष रोजगारी पाएका छन्।

वीरगन्जसहित ९ सहरमा कलश मिल्क इन्डिस्ट्रिजका डेरी हब सञ्चालनमा छन्। पशुपालनमा पाएको सफलताले हौसिएका श्याम वदनले अब भने झण्डै डेढ अर्ब लगानीमा पूर्णस्वचालित अत्याधुनिक गाईपालन फार्म खोल्दै छन्। गृह जिल्ला पर्साको ठोरी गाउँपालिका ५ सुर्वणपुरमा श्यामवदनले २ हजार गाईपाल्ने गरी कलश क्याटल फार्मिङ प्रालि नामक फार्म सञ्चालनमा ल्याउन लागेका हुन्। नेपाल बंगलादेश बैंकको ऋण लगानीमा १३ बिघा जग्गामा निर्माण भइरहेको गाइ फार्म एसियाकै नमुना रहेको श्यामवदन बताउँछन्।

उनका अनुसार गाई फार्ममा राखिने गाइको सम्पूर्ण काम मेसिनले नै गर्नेछ। जर्मनीबाट आयात गरिने मेसिनले दूध दुहूने, गोबर फाल्ने, दानापानी दिने र हेरचाहका कामसमेत गर्नेछ। उनका अनुसार गाई बिरामी भएको, मिल्क फिभर आएको पनि गाईको घाँटीमा बाँधिएको विशेष प्रकारको सफ्टवेयर जडित उपकरणले पत्ता लगाउनेछ।

दैनिक ३० हजार लिटर दूध

फार्म सञ्चालनमा आएपछि दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरिने श्यामवदन बताउँछन्। दूध वीरगन्जका साथै काठमाडांै र पोखराको बजारमा खपत हुने उनी बताउँछन्। अबको ४ महिनामै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा फार्म निर्माणको काम भइरहेको श्यामवदन बताउँछन्। काम सुरु भएको १ वर्ष भएको छ। पुसदेखि फार्म सञ्चालनमा ल्याउने लक्ष्य छ।

उद्योग र बायोग्यास प्लान्ट पनि

निर्माणाधीन कलश क्याटल फार्ममै ४ सय केभी क्षमताको गोबरबाट ग्यास उत्पादन हुने बायोग्यास प्लान्ट र दैनिक १ सय ५० मेट्रिक टन गाईले खाने दाना उत्पादन हुने दाना उद्योग पनि निर्माण भइरहेको छ। बायो ग्यास प्लान्टमा गाईको गोबरबाट प्रतिदिन ४० देखि ५० सिलिन्डर सीएनजी ग्यास उत्पादन हुन्छ त्यो फार्ममै उपयोग हुन्छ, श्यामवदनले भने , ‘अनि बायो ग्यासबाट प्रशोधन भई निस्किएको कम्पास्ट मल खेतीपातीका लागि उत्कृष्ट मानिन्छ। यो मल पनि प्रतिटन २० टनसम्म उत्पादन हुन्छ। दाना उद्योगबाट दैनिक १ सय ५० मेट्रिकटन दाना उत्पदान हुन्छ।

१० हजार किसान लाभान्वित

फार्मका आसपास करिब १० हजार किसान लभान्वित हुने श्यामदनको दाबी छ। गाईलाई चाहिने घाँस, किसानसँग खरिद गरिनेछ। गाईका लागि चाहिने मुख्य आहारा घाँस नै हो। यसका लागि करिब ८ सय बिघामा घाँस खेती चाहिन्छ। त्यसका लागि आसपासका किसानलाई प्रोत्साहित गरिनेछ। कलश क्याटल फार्ममा प्रत्येक्ष रुपमा भने २ सय ५० जनाले रोजगारी पाउने अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.