बाढीले बगाउँदा एकै परिवारका ३ जना घाइते
भोजपुर : अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा एकै परिवारका ३ जना घाइते भएका छन्। बाढीले षडानन्द नगरपालिका ४, मूलपानी घर भइ वडा नं २, कुदाककाउलेको कुदामपछारमा बस्दै आएका अमृत घले, उनकी श्रीमती अनिषा घले र १८ महिने छोरीलाई बगाएको थियो।
मंगलबार बिहान करिब ६ बजेतिर स्थानीय चिर्खुवा खोलामा आएको बाढीले खोला नजिकै रहेको अमृत घलेको पसलसहित एकतले घर बगाएको थियो। बाढीले अमृतका श्रीमती र छोरीलाई बगाएको थियो। घाइते तीनै जनालाई उपचारका लागि दिङला ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !