कपिलवस्तुमा पनि समुदायमा कोरोना भाइरस फैलियो

कपिलवस्तुमा पनि समुदायमा कोरोना भाइरस फैलियो

कपिलवस्तु : कपिलवस्तुमा पनि समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलन सुरु भएको छ । मंगलबार बिहान नमूना स्वाब परीक्षण रिर्पोटअनुसार जिल्लामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमितमध्ये २८ जना पुरुष र ६ जना महिला शिवराजनगरपालिकाका स्थानीय रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। पुष्टि भएका संक्रमितमध्ये १३ जना समुदायमा रहेका व्यक्ति र २१ जना वैदेशिक रोजगारीबाट घर फर्किएका हुन् । संक्रमित ३४ जनामध्ये १२ जना भारत, ४ जना दुबई, २ जना साउदी अरेबिया र ३ जना कतारबाट आएका हुन् । 

समुदायमा रहेका संक्रमित १३ जनामध्ये शिक्षक, वडाअध्यक्ष, वडा सचिव, विद्यार्थी लगायत छन् । सबै संकलित स्वाब नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण गरिएका हुन् । 

जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ९६ जना पुगेको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिइ सकेको भएपनि  समुदायस्तरमा यसको व्यापक परीक्षण हुन सकेको छैन ।

संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले अनिवार्य रुपमा मास्क लगाएर हिँडडुल गर्न निर्देशन गरेको छ । प्रहरीले मास्क नलाउने व्यक्तिलाई पक्राउ गरी कारबाही समेत थालेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.