कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरस संक्रमणबाट बझाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए।योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनी दमका रोगी थिए।

सोमबार मात्र स्वास्थ्य मन्त्रालयले ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको थियो।  यस्तै मंगलबार  ३११ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।मन्त्रालयका अनुसार  कोरोनाका सक्रिय बिरामीको संख्या ५ जहार १ सय ३९ पुगेको छ। पछिल्लो २४ घन्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएसँगै कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको छ।

।क्वारेन्टाइनमा रहनेको संख्या १५ हजर ३३१ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार १ सय २९ जनाको उपचार भइराखेको छ ।कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। यो सहित कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको  मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.