कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका ४५ जनाको स्वाब संकलन

कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका ४५ जनाको स्वाब संकलन

दमौली : स्याङजामा परीक्षणका क्रममा कोभिड १९ संक्रमण पोजिटिभ देखिएका तनहुँका प्रहरी जवान तीन दिन घर बस्दा ४५ जनालाई भेटेको खुलेको छ ।  गत साउन ६ गते घर आएर ८ गते स्याङजा फर्केका व्यास १० का ती प्रहरी जवान आफ्नी हजुरआमाको वार्षिक तिथिका क्रममा आउँदा धेरैसँग सम्पर्क भएको खुलेपछि वडा कार्यालय नै बन्द गरेर कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । 

वडा कार्यालय अनिश्चितकालिन बन्द

व्यास १० का वडाध्यक्ष तुलसीराम सापकोटाले सहकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि स्याङजा झिकाइएका ती जवानको परीक्षणका क्रममा पोजिटिभ नतिजा आएपछि थप जोखिम देखेकाले वडा कार्यालय बन्द गरेर सम्पर्क भएका व्यक्तिको खोजी गर्दा ४० जनाको सूची तयार पारिएको बताए । 

'नगरपालिकाबाट वडा कार्यालय बन्द गर्ने निर्देशन आएकाले हामीले कार्यालय बन्द गरेर बसेका छौं,' उनले भने, 'वडाको आकस्मिक बैठक बसेर जवानलाई भेटेका व्यक्तिहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौं ।'

सापकोटाका अनुसार ती जवान आफ्नो घरमा भएको हजुरआमाको वार्षिक कार्यका अलावा छर छिमेकमा पनि पुगेका थिए । 'दिदी र ठूलाबाकोमा पनि गएको खबर आएको छ,' उनले भने, '१७ घरका व्यक्ति सम्पर्कमा रहेको सूची तयार पारेकाले उहाँहरु सबैलाई अनिवार्य घरमा बस्न भनिएको छ ।'

व्यास नगरपालिकाको स्वास्थ्य शाखाले सम्पर्कमा आएका ती व्यक्तिहरुको स्वाब संकलन गरिएको बताएको छ । 'हामीले स्वाब संकलन गरेका छौं,' शाखा प्रमुख प्रमोद सोतीले भने, 'जोखिम देखिएकाले तत्काल सतर्क अवस्थामा छौं ।'

व्यास नगरपालिकाले वडा कार्यालय बन्द गर्न निर्देशन दिएपछि वडा कार्यालयको बैठकले सम्पर्कमा आएका व्यक्तिको नतिजा नेगेटिभ नआउँदासम्म वडाका सबै काम रोक्ने निर्णय गरेको छ । वडाध्यक्ष सापकोटाले भने, 'नतिजा नेगेटिभ आए मात्रै कार्यालय खोल्ने गरी निर्णय गरेका छौं ।'

आदिकवि आइसोलेसन रित्तो

चार संक्रमितमध्ये तीनजनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि व्यास १ स्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसन रित्तो भएको छ । व्यास नगरपालिका ३ मा रहेको दमौली अस्पतालले व्यवस्थापन गरेको किरियापुत्री भवनमा बाढी पसेपछि तीनजनालाई क्याम्पसमा सारिएको थियो । संक्रमितमध्ये एकजनाको मात्र रिपोर्ट पोजिटिभ आएकाले व्यवस्थापन सहजताको हिसाबले बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र पठाइएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

'एकजना मात्र भएकाले सहजताका लागि जीपी पठाएका छौं, 'उनले भने ।यससँगै व्यास नगरपालिकामा संक्रमित नरहे पनि जिल्ला विपद् व्यवस्थापन समितिले भने तत्काल आइसोलेसन र क्वारेन्टाइन खाली नगर्न भनेको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्य अध्यक्षताको बैठकले जोखिम कायमै रहेको भन्दै विद्यालय तथा क्याम्पसमा रहेका आइसोलेसन र क्वारेन्टाइन तत्काल यथावत राख्ने निर्णय गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.