सशस्त्र प्रहरीका १७ जनामा कोरोना पुष्टि

सशस्त्र प्रहरीका १७ जनामा कोरोना पुष्टि

इलाम : इलामको सदरमुकाममा रहेको  सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका १७ जनामा शनिबार कोरोना पुष्टि भएको छ। स्वास्थ कार्यालय इलामले विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको कोभिड १९ फोकल पर्सन विमल बरालले जानकारी दिए। यस अघि १० जनाका पोजिटिभ रिपोर्ट आएको थियो।

पछिल्लो पटक थपिएका १७ जनासँगै इलाममा सशस्त्र प्रहरीका २७ जनामा पोजिटिभ देखिएको छ। थप ४० जनाको स्वाब संकलनको तयारी भइरहेको सशस्त्र प्रहरी गणले जनाएको छ। फोकल पर्सन बरालका अनुसार ४० जनाको आइतबार स्वाब संकलन गर्ने तयारी गरिएको छ। पोजिटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङस्थित गोठगाउँ पठाउने तयारी गरिएको छ।

यस अघि साउन ११ मा ५ र साउन १६ मा ५ जनामा गणभित्रै कोरोना पुष्टि भएको थियो। अहिलेसम्ममा इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ जना पुगेको छ। बरालका अनुसार अस्पतालका कर्मचारी, स्वास्थकर्मी, कोरोना संक्रमणको संखा लागेका ४२ र कन्ट्रयाक ट्रेसिङ गरिएका ४७ जनाको रिपोर्ट आउन बाँकी छ। आवश्यकता अनुसार शंकास्पदको स्वाब संकलनको काम जारी रहेको उनले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.