कोरोनाले वीरगन्जमा थप एकको मृत्यु : पर्सामा मृत्यु हुने १५ पुगे

कोरोनाले वीरगन्जमा थप एकको मृत्यु : पर्सामा मृत्यु हुने १५ पुगे

वीरगन्ज : वीरगन्जमा कोरोनाका कारण शनिबार साँझ थप एक वृद्धाको मृत्यु भएको छ। 

नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका-१६ नगवाकी संक्रमित ६८ वर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए। उनमा शुक्रबार राति कोरोनाको संक्रमण पुष्टि भएको थियो। 

ज्वरो र निमोनिया भएपछि उपचारका लागि गत बुधबार बयोधा अस्पतालमा भर्ना भएकी महिलाको शनिबार साँझ मृत्यु भएको हो।  स्वास्थ्यमा समस्या भएपछि बयोधा अस्पतालले शनिवार साँझ ६ बजे एम्बुलेन्समा राखेर कोभिड अस्पतालमा पठाएको थियो। तर कोभिड अस्पतालले संक्रमित भर्ना हुँदा मृत्यु भइसकेको डाक्टर सिंहले बताए। 

‘बयोधा अस्पतालले रिफर गरेर कोभिड अस्पतालमा बिरामी पठाएको थियो। तर हामीले बिरामी बुझदा उनको मृत्यु भइसकेको रहेछ’, उनले भने, ‘सायद उहाँको मृत्यु बाटोमै भएको हुन सक्छ।’ 

यसअघि बयोधा अस्पतालमै शुक्रबार बिहान मृत्यु भएकी वीरगन्ज–१६ नगवाकै ५० वर्षीया मृतक महिलामा  शुक्रबार राति संक्रमण पुष्टि भएको थियो। दुई दिनमा बयोधा अस्पतालमै दुई संक्रमीतको मृत्यु भएको छ। योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ। 

साउनमा मात्रै ११ जनाको मृत्यु भइसकेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर मदन उपाध्यायले जानकारी दिए। साउनमा मृत्यु भएका ११ जना सबै वीरगन्जकै स्थानीय हुन्।

साउन अघि वीरगन्जको अस्पतालमा मृत्यु भएका ४ जना मध्ये २ जना बाराका र १ जना रौतहटका हुन्।  जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे भेटिएका एक संक्रमित शवको भने पहिचान भएको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.