२४ घण्टामा कुन जिल्लामा कति संक्रमित ?

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।  शनिबार मात्र कैलालीमा मात्र ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

गौतमका अनुसार सेती प्रादेशिक अस्पताल, धनगढीमा भएको स्वाब परीक्षणामा ५३, धुलिखेल अस्पतालमा भएको परीक्षणमा २७ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा ९ गरेर ८९ जनामा संक्रमण पुष्टि भएको हो। 

त्यसैगरी बझाङ जिल्लामा २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल, धनगढीमा २५, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ४३ गरेर ६८ जनामा संक्रमण पुष्टि भएको हो।

पर्सा जिल्लामा मात्र २४ घण्टामा ६६ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार नारायणी अस्पताल, वीरगन्जमा ६२, ललितपुरको स्टार अस्पताल प्रयोगशालामा ३ र नेपाल कोरियामैत्री अस्पतालमा १ गरेर ६६ जनामा कोरोना पुष्टि भएको हो। 

सँगै इलाम जिल्लामा पछिल्लो २४ घण्टामा २२ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार  कोशी अस्पताल, विराटनगरमा १७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा ५ गरेर २२ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार उदयपुर, सुनसरी, बारा, रौतहट, काभ्रे, कास्की, भक्तपुर र सत्यानमा एक–एकजना, झापा, मोरङ, रामेछाप, रुपन्देहीमा दुईदुई जना, सिरहामा ५, सप्तरीमा ७, अछाममा २८, कञ्चनपुर ९, काठमाडौं ५ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २० हजार ८६ पुगेको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार  ४९२ पुगेको छ। डिस्चार्ज प्रतिशत ७२ दशमलव माथि भएको प्रवक्ता गौतमले जानकारी दिए।  अहिले क्वारेन्टाइनमा ११ हजार पाँच सय ३३ जना रहेका छन्। 

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट र कैलाली हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ६ पुगेको छ । प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.