कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिका तीन दिनका लागि बन्द

कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिका तीन दिनका लागि बन्द

दमौली : गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड १९ संक्रमण देखिएपछि आँबुखैरेनी गाउँपालिका तीन दिनका लागि बन्द गरिएको छ । सासू आमा बिरामी भएकाले अस्पताल भेट्न सहिद गंगालाल राष्ट्रिय हृदयरोग गएका उनी कार्यालय फर्केपछि स्वाब संकलन गरिएको थियो । फर्केलगत्तै उनमा अस्वस्थता देखिएपछि कोभिड पोजिटिभको आशंकामा स्वाब संकलन गरिएको बताइएको छ ।

उनीसँगै क्वारेन्टाइनमा रहेका  आठजनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा अरुको नेगेटिभ नतिजा आएको थियो । 

प्रमुख प्रशासकीयको कोरोना रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिका र वडा कार्यालय तीन दिनका लागि बन्द गरिएको प्रवक्ता कटकबहादुर थापाले बताए । 'संक्रमण फैलन सक्ने जोखिमका कारण तीन दिन गाउँपालिका तथा वडा कार्यालयका सबै सेवा बन्द गरिएको छ,'विज्ञप्तिमा उल्लेख छ । 

कर्मचारी र जनप्रतिनिधिसहित दुई दर्जनको स्वाब संकलन कार्यालयका प्रमुखमा संक्रमण देखिएकाले उनको सम्पर्कमा आएका गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिको पहिचान गरी स्वाब संकलन थालिएको छ ।'२७ जनाको स्वाब संकलन गरेर पठाउने तयारी गरिएको छ,' सूचना अधिकारी सिखरलाल डोटेलले भने।

गाउँपालिकाले कार्यालय बन्द गर्ने सूचना जारी गरेपछि कार्यालय बन्द भएपनि बजार भने खुलेका छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.