संक्रमित प्रहरीको सम्पर्कमा आएका ४५ जनाको नतिजा नेगेटिभ

संक्रमित प्रहरीको सम्पर्कमा आएका ४५ जनाको नतिजा नेगेटिभ

दमौली : गत साता संक्रमण देखिएका व्यास १० घर भइ स्याङजामा कार्यरत प्रहरी जवानको सम्पर्कमा आएक ४५ जनामा कोभिड संक्रमण नदेखिएको खुलेको छ। साउन ६ गते घर आएर ८ गते कार्यस्थल फर्किएका उनमा पोजिटिभ देखिनासाथ उनको सम्पर्कमा आएका व्यास १० का १७ घरका ४५ जनाको गत बिहिबार नमूना संकलन गरिएको थियो। 

संकलित नमूना परीक्षणका क्रममा सबैको नतिजा नेगेटिभ पाइएको व्यास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। ‘आज हामीलाई स्वास्थ्य कार्यालयमार्फत प्रदेश प्रयोगशालाबाट नतिजा प्राप्त भएको छ’, उनले भने,‘कन्ट्याक्ट ट्रेसिङ गरिएका सबैमा नेगेटिभ नतिजा आएको छ।’

स्वास्थ्य कार्यालय तनहुँले पनि सबैको नतिजा नेगेटिभ आएको पुष्टि गरेको छ। यसअघि नगरपालिकाको सूचनाका आधारमा वडा कार्यालयको आकस्मिक बैठकले १४ गतेबाट अनिश्चित कालका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको थियो। ती प्रहरी घरमा हजुरआमाको  कार्यमा सरिक हुनुका साथै आफन्तकहाँ पनि गएको खबर आएकाले नगरपालिकाले सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेको थियो। त्यसको भोलिपल्ट ती व्यक्तिहरुको स्वाब संकलन गरेर पठाइएको थियो। संक्रमितको सम्पर्कमा धेरै आएकाले अरुमा पनि फैलने त्रास बढे पनि नतिजा नेगेटिभ आएकाले यसले केही राहत भने दिएको छ। दमौली बजारमा पनि केही सम्पर्कमा आएका व्यक्ति आएको चर्चा चलेपछि त्रास बढेको थियो। 

अब नतिजा प्राप्त भएपछि चार दिनयता बन्द वडा कार्यालय खुलाउन सहजता भएको छ। उनले नगरपालिकाबाट प्राप्त परिपत्रका आधारमा बन्द गरिएकाले पत्र आउनासाथ मंगलबारबाट कार्यालय खोलिने बताए। ‘नतिजा नेगेटिभ आएको खबर पाएका छौं’, उनले भने, ‘यस आधारमा नगरपालिकाको पत्र आएमा मंगलबारबाट कार्यालय चलाउने योजना छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.