उपत्यकाका १४ अस्पतालबाट स्वाब संकलन हुने

उपत्यकाका १४ अस्पतालबाट स्वाब संकलन हुने

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड -१९) संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकामा १४ अस्पताल तोकेको छ ।

काठमाडौं उपत्यकाका पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसूति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलनस्थलको रुपमा तोकिएको छ ।ती अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ।

जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने,घरबाहिर अत्यावश्यक बाहेक ननिस्कन र भीडभाड नगर्न,चाडपर्वहरु घरमै  बसी मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.