'सामुदायिकलाई सुधारे निजी स्कुल आफैं सुक्छन्'

'सामुदायिकलाई सुधारे निजी स्कुल आफैं सुक्छन्'

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयले संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिनुपर्ने बताएका छन्। ज्ञानोदय माध्यामिक विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अविभावकलाई आकर्षित गरिरहेका छन् त्यसैगरी विस्तारै सामुदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ’, शाक्यले भने, ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्योभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर (विद्यार्थी)को भविश्य हामी बनाई दिन्छौं भन्ने ग्यारेण्टी सामुदायिक विद्यालयले दिन सक्नुपर्छ। त्यो भयो भने सामुदायिकमा स्वत विद्यार्थीको चाप बढ्ने छ।’

सबै सामुदायिक विद्यालयमा सरकारले निशुल्क शिक्षाको व्यवस्था गरेको स्मरण गराउँदै शाक्यले निशुल्क शिक्षाको अर्थ कमजोर शिक्षा नभएको प्रष्ट पारे।  ‘हामीले खोजेको कमजोर होइन गुणस्तरीय र उत्कृष्ट शिक्षा हो। संस्थागत विद्यालयले दिनेभन्दा पनि अझ उत्कृष्ट र गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयले दिन सक्नुपर्छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.