ट्याक्टर दुर्घटनामा सहचालको मृत्यु

ट्याक्टर दुर्घटनामा सहचालको मृत्यु

कुश्मा : पर्वतको मोदी गाउँपालिका ६ तिलाहारस्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालककोमृत्यु भएको छ । मोदी गाउँपालिकाको ७ राम्जादेउरालीबाट २ देउपुरतर्फ आउँदै गरेको ग. १ त. ६२७९ नम्बरको खाली ट्याक्टर मंगलबार राती साढे १० बजे अचानक सडकबाट तल खस्दा मोदी गाउँपालिका ५ बाजुङका सहचालक २१ वर्षीय युवा विजय नेपालीको मृत्यु भएको हो । 

अन्दाजी १२ मिटर तल खसेको ट्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले ट्रयाक्टरका चालक मोदी गाउँपालिका २ बस्ने सन्तोष विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । 

मृतक नेपालीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । कच्ची भिरालो बाटोमा तीब्र गतिमा गुडाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.