पहिरो पीडितलाई परदेशी नेपालीको सहयोग

पहिरो पीडितलाई परदेशी नेपालीको सहयोग

जाजरकोट : असार २५ गते जाजरकोटको वारेकोटमा गएको बाढी पहिरोबाट पीडित परिवारलाई दक्षिण कोरियामा बस्ने कर्णाली प्रदेशवासी नेपालीले खाद्यान्न सहयोग गरेका छन।

बारेकोट गाउँपालिका मार्फत पीडितसम्म पुग्ने गरी कर्णाली प्रदेश समाज दक्षिण कोरियाले पठाएको ५० क्विन्टल चामल, चार सय केजी दाल, र दुई सय प्याकेट तेल हस्तान्तरण गरिएको हो। 

पहिरो प्रभावित बारेकोटमा भोकमरी भन्ने समाचार पढेपछि सहयोग रकम जुटेको हो। विस्थापित परिवार अन्न सकिएपछि भोकभोकै बस्न बाध्य छन्। 

दक्षिण कोरियामा रहेका कर्णाली प्रदेशका नेपालीको सहभागितामा जम्मा गरिएको रकमबाट उपलब्ध गराइएको खाद्यान्नलाई जाजरकोटका सामाजिक अभियान्ता सहदेव बस्नेत मार्फत वारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरिएको हो।

नलगाडको कालीमाटीमा उक्त खाद्य सामग्री बुझ्दै अध्यक्ष शाहले विदेशमा रहेका नेपालीको ठूलो दिल मार्फत प्राप्त भएको सहयोगलाई पीडित जनताको संकट टार्नका लागि न्यायपूर्ण ढंगले वितरण गरिने बताए। 

संकटमा सहयोग गरेको कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष पदमबहादुर बस्नेतले बताए।बारेकोटमा पहिरोमा परि १२ जनाको मृत्यु, दुई जना बेपत्ता र हजार बढी परिवार विस्थापित भएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.