दोलखाको भीमेश्वर नगरपालिकामा २८ लाख अनियमितता

दोलखाको भीमेश्वर नगरपालिकामा २८ लाख अनियमितता

दोलखा : भीमेश्वर नगरपालिकाले खुला चिडियाखानाको गेट तथा पर्खाल निर्माण उपभोक्ता समितिसँग मिलेर २८ लाख रुपैयाँ बढी अनियमितता गरेको खुल्न आएको छ ।बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रम (प्रदेश सांसद विकास कोष)अन्र्तगत भीमेश्वर नगरपालिका-६, चरिकोटस्थित खोरथली सामुदायिक वनमा खुला चिडियाखानाको गेट तथा पर्खाल निर्माण गर्न गठन गरिएको उपभोक्ता समितिसँग मिलेर २८ लाखभन्दा बढी अनियमितता गरेको खुल्न आएको हो ।

आर्थिक बर्ष २०७६÷७७ मा ३२ लाखको निर्माण सम्पन्न गरेको सो उपभोक्ता समितिलाई नगरपालिकाले ६० लाख ५ हजार तीनसय ९८ रुपैयाँको कार्य सम्पन्न मूल्यांकन प्रतिवेदन बनाइ निर्माण सम्पन्नभन्दा २८ लाख ५ हजार तीनसय ९८ रुपैयाँ बढि भुक्तानी दिइएको खुलेको छ ।

नगरपालिकाले १२ लाख ७३ हजार पाँच सय ६० रुपैयाँ उपभोक्ता लागत सहभागिता र कन्टीन्जेन्सी एक लाख ८० हजार एक सय ६२ रुपैयाँ कटाएर उपभोक्ता समिति व्यवस्थापन खर्च २५ हजार थप गरी २०७७ असार २९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखामार्फत खुद ४८ लाख ५० हजार भुक्तानी गरेको थियो ।

भुक्तानी गरेको लगत्तै ४ दिनपछि २०७७ साउन २ गते नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काद्वारा हस्ताक्षरित चलानी नं. ८ को पत्रमार्फत लक्ष्मी बैंक चरिकोट शाखालाई पत्राचार गरी उपभोक्ता समितिको खाता रोक्का गर्न आदेश गरिएको छ । कुनै पनि कारण उल्लेख नगरि सो पत्रमा उपभोक्ता समितिको खाता नम्बर ०२६११०१५४१३ मा रहेको रकममध्ये ३२ लाख उपलब्ध गराई बाँकी रकम रोक्‍का गरिदिनु भन्ने उल्लेख छ ।

'फागुनको अन्तिममा बजेट आयो, चैतबाट लकडाउन सुरु भयो र जेठबाट त यसपाली मनसुन नै सुरु भएको,' भन्ने बाहना बनाउँदै भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानवहादुर खड्काले भने, ‘उपभोक्तालाई छिटो गराउँदा गराउँदै पनि काम धेरै नसकिएकोले कि बजेट फ्रिज पठाउनु पर्‍यो, कि बचाउनु पर्ने दोधारका विच सल्लाह गरेर असल नियतले उपभोक्ताको खातामा बाँकी पैसा पनि सुरक्षित गरिएको बताए ।' उनले भने, 'जति काम गरेको हो त्यसको भुक्तानी खुला गरिदिएको छ, बाँकी असल नियतले उपभोक्ताको खाता रोक्का गरिएको छ ।'

समितिले गरेको कामअनुसारको ३० लाख रुपैयाँ भुक्तानी लिईएको खुला चिडियाखानाको गेट तथा पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।' खातामा पुरै पैसा आइसकेको पुष्टि गर्दै अध्यक्ष थापाले भने, 'काम अझै बाँकी नै छ, दसैंपछि सम्पन्न गरेर पुरा भुक्तानी लिनेछौं ।'

खुला चिडियाखानाको लागि प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख बजेट विनियोजन गरिएकोमा जिल्ला समन्वय समिति दोलखाले कन्टीन्जेन्सी कटाई २०७६ पुस २४ गते चलानी नं. २३० को मार्फत योजना कार्यान्वयनको लागि पत्राचार गरेको थियो ।

सार्वजनिक खरिद ऐन विपरित एउटै योजनामा समन्वय समिति र नगरपालिकाले दुईपटक कन्टीन्जेन्सीवापतको रकम कटाएको छ भने सोही ऐनको विभिन्न दफाको कानुन विपरित उपभोक्ता समितिलाई व्यवस्थापन खर्च भेनर २५ हजार रुपैयाँ समेत भुक्तानी दिएको छ ।

२०७७ जेठ १० गते सम्झौता गरेर ४५ दिनमा कार्य सम्पन्न गरेको प्रतिवेदन बनाईएको छ । रोचक त के छ भने गेट तथा पर्खाल निर्माण भनेर विनियोजन गरिएको बजेटमा गेटको इष्टिमेट नै छैन । १२४ घनमिटर जाली भर्ने, १०७ घनमिटर सिमेन्ट मसलामा ढुंगाको गाह्रो लगाउने बाहेक बाँकी ५७०८ घनमिटर माटो खन्ने काममा मात्र सबै बजेट खर्च भएको कार्यसम्पन्न मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।

१५ हजार जनसंख्या लाभान्वित हुने प्रक्षेपण गरिएको सो योजनाको उपभोक्ता समिति गठनका लागि वडाध्यक्ष नविन लामा, नगरपालिकाका प्राविधिक भविन्द्र थापा, खोरथली सामुदायिक वनका अध्यक्ष नारायणबहादुर थापासहित ३३ जनाको उपस्थिति रहेको माइन्युट लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.