घर बसेर क्वारेन्टाइन गएका पुरुषमा कोरोना देखिएपछि आरुघाटबासी त्रसित
गोरखा : दुई दिन घरपरिवारसँग बसेर क्वारेन्टाइन गएका गोरखाका एकजनामा कोरोना पोजिटिभ देखिएको छ । भारतबाट आइ दुईदिन घर परिवारसँग बसेर भीमोदय माविको क्वारेन्टाइनमा बस्न गएका आरुघाट गाउँपालिका ९ बगैँचाटोलका ४६वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले जानकारी दिए ।
उनी भारतीय सेनामा आवद्ध छन् । गत साउनको १७ गते घरमा आइपुगेका उनलाई समुदायले दुई दिनपछि साउन १९ गते मात्र क्वारेन्टाइन पुर्याएका थिए । उनको सम्पर्कमा धेरैजना गएको हुनसक्ने भन्दै आरुघाट बजारका बासिन्दा त्रसित भएका छन् ।
प्रतिक्रिया दिनुहोस !