थप ६ जनामा कोरोना संक्रमण, सिन्धुली अस्पतालको ओपीडी सेवा बन्द

थप ६ जनामा कोरोना संक्रमण, सिन्धुली अस्पतालको ओपीडी सेवा बन्द

सिन्धुली : सिन्धुलीमा एकै पटक ६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास छाएको छ । आइतबार चारजना नेपाली सेनासहित ६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै सिन्धुली अस्पतालको ओपीडी सेवा समेत बन्द गरिएको छ । 

अस्पतामा कार्यरत एक स्वास्थ्यकर्मीको अभिभावकसहित ६ जनामा कोरोना संक्रमण भएपछि अस्पतालको आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जनाए । 

'सोमबारदेखि ३ दिनसम्मका लागि अस्पतालको आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको हो,' उनले भने ।   गत २२ गते स्वाब संकलन गरिएका २२ जनामध्ये ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताए । जिल्लामा एकै पटक ठूलो संख्यामा संक्रमित देखापरेपछि समुदायस्तरमा त्राससमेत बढेको हो । 

आइतबार कमलामाई नगरपालिका १४ स्थित पर्यावरण गणमा कार्यरत ३३, ३७, ३७ र ३८ वर्षका चारजना नेपाली सेनाका पुरुष, कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा रहेका तिनपाटन ४ का २२ वर्षीय पुरुष र एकजना सिन्धुली अस्पतालको ल्यावमा कार्यरत स्वास्थ्यकर्मीका अविभावकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

'संक्रमितमध्ये नेपाली सेनाका चारैजनालाई काठमाडौंस्थित बलम्बु अस्पताल पठाइएको छ भने अन्य दुईजनालाई सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। यसैबीच संक्रमितको सम्पर्कमा रहेकाको खोजिकार्य भएको बताइएको छ । 

शनिबार पनि जिल्लामा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । उनीहरुमध्ये ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन भने ८ जना उपचाररत छन् । सिन्धुलीमा मात्र हालसम्म १ हजार ३ सय १८ जनाको पीसीआर टेष्ट गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.