सांसदसहित धरानमा ८ जनालाई कोरोना पोजिटिभ

सांसदसहित धरानमा ८ जनालाई कोरोना पोजिटिभ

धरान : धरानमा गरिएको पीसीआर परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धनकुटाबाट नेकपाको समानुपातिक सांसद दम्पत्तीसहित धरानका ६ जना मा कोरोना पोजिटिभ देखिएको हो। 

कोरोना पोजिटिभ रिपोर्ट आएकी सांसद इटहरी- ४ मा बस्दै आएको बताइएको छ। तर महिला सांसदले धरान उपमहानगरपालिका-१५ मा स्वाब संकलन हुँदै गर्दा आएर श्रीमानसँगै स्वाब दिएकी थिइन्। उनको र श्रीमान्को पीसीआर रिपोर्ट पोजेटिभ आएको छ भने चालकको नेगेटिभ आएको रिपोर्ट आएको धरान उपमहानगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए। 

त्यस्तै धरानमा थप संक्रमण भएकोहरुमा वडा नं १५ को ३ जना रहेका छन्। उनीहरु ३३ वर्षको पुरुष, ६९ बर्षको पुरुष र ३७ वर्षकी महिला रहेको मेहताले बताए। वडा नं १६ का २५ वर्षको पुरुष र २१ वर्षको पुरुष पनि संक्रमित भएका छन्। वडा नं ८ को ३८ वर्षको पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख मेहताले जानकारी दिए।

धरान -१८ को ठेगाना लेखाएको व्यक्तिको पनि रिपोर्ट पोजिटिभ आएको छ। तर, उनी वडा नं १८ को नभएको वडाअध्यक्ष प्रविण राईले बताए। ती व्यक्ति वीपी प्रतिष्ठानको कर्मचारी वा कर्मचारीको आफन्त हुन सक्ने उनको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.