१६ किलाे मल लिन १० घण्टा लाइन

१६ किलाे मल लिन १० घण्टा लाइन

सिन्धुली : धान बालीमा हाल्न युरिया मलको जोहो गर्न सिन्धुलीका किसान ज्यान जोखिममा राखेर लागी परेका छन्। बुधबार साल्ट्रेडिङको युरिया मल सिन्धुली आइपुगेको थाहा पाएपछि सयौं कृषक मल लिन लाइनमा लागेका हुन्। 

जयबागवानी कृषि सहकारी संस्थाले ४ सय २० बोरा मल बिक्री गरेको थाहा पाएपछि जम्मा भएका कृषकले कोरोनाको प्रवाह नै नगरी भीडमा लाइन बसेका हुन्। सयौंको संख्यामा रहेका कृषकको भीडले ८ देखि १० घण्टासम्म उभिएरै लाइन बस्दा जम्मा १६ किलो मल पाएका छन्। 

मल लिन तछाडमछाड नै भएपछि केही समय तनावग्रस्त अवस्थासमेत सिर्जना भएको प्रहरी जनाएको छ। मल थोरै आएको तर कृषकको माग धेरै भएपछि ५० केजीको एक बोरा मललाई भाग लगाएर तीन जना किसानलाई बिक्री गरिएको जयबागवानी कृषि सहकारी संस्थका प्रबन्धक सुवर्णराज न्यौपानेले जनाए। 
झण्डै साढे तीन महिनापछि जिल्लामा मल आएकोले संक्रमणको बेवास्ता गरेर मलको जोहो गर्नु परेको कृषकको गुनासो छ। सरकारले किसानलाई बेवास्था गरेका कारण यस्तो अवस्था आएको उनीहरुको भनाइ छ। 

कमलामाई नगरपालिका ६ अँधेरीकी ६५ वर्षीया वृद्धा सुन्तली नेपालीले ८ घण्टा उभिएर लाइनमा बस्दा जम्मा १६ किलो मल पाएको गुनासो गरिन्। उनले भनिन्, ‘मल नहाले धान फल्दैनन। धान नफले के खाने के गर्ने हो। मल लिन आयो। यत्रो दुख छ। त्यो पनि पुग्ने गरी पाइएन।’

तीन महिनादेखि मलको पर्खाइमा बसे पनि पर्याप्त मल नाउँदा धान बालीमा मल हाल्न ढिला भएको भन्दै किसान चिन्तामा छन्। तर, आएको मल पनि पहुँचवालाले मात्र लिएपछि आफूले झगडा गरेर लिएको कमलामाई नगरपालिका ७ रामपुरका किसान शेरबहादुर बलको भनाइ छ। उनले भने, ‘सरकारले किसनाको समस्यालाई कहिलै बुझ्दैन। हरेक वर्ष मलको यस्तै अभाव हुन्छ। यो वर्ष त झन यस्तो कोरोनाको त्रासबिचमा पनि सबै किसानले ज्यान जोखिममा राखेर मल लिनु परेको छ।’

जिल्ला सदरमुकाममा बुधबारबाट कोरोना भाइरस समुदायस्तरमा फैलिएको आशंका पछि नगरपालिकाले एक साताका लागि लकडाउन गरेको छ। तर, बुधबार बिहानै मल आएको थाहा पाएपछि किसानले सडकमा बसेर मल लिन तछाडमछाड गरेपछि शसस्त्र, नेपाल प्रहरी र नगर प्रहरीले सुरक्षा दिनु परेको बताइएको छ। यो मलले जिल्लामा छोप पनि लागेको छैन। कमलामाई नगरपालिका ४ ढुङ्ग्रेबासकी किसान बेनीकुमारी रायमाझीले भनिन्, ‘आफ्नो खेतमा वर्षेनी डेढबोरा युरिया मल हाल्ने गरे पनि दिनभर झगडा गरेर १६ किलो मल पाएकी छु। यसले छोप पनि लाग्दैन  कता हाल्ने कता नहाल्ने हो।’

 

सिन्धुलीमा मात्र कुल १५ हजार ३ सय हेक्टरमा वर्षे धानबाली लगाउने गरिएको छ। यो वर्षका लागि मात्र जिल्लामा कम्तीमा १ हजार ५ सय मेक्ट्रिकटन युरिया मल आवश्यक पर्छ। तर, जेठदेखि हालसम्म सरकारी अनुदानको मल ल्याउन नसकिएको कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीका प्रमुख नवराज महतको भनाइ छ। 

‘कम्पनीमा गत चैत्रसम्ममा तीन जिल्लालाई गरी जम्मा १ हजार ८ सय ९४ दशमलव ३५ मेक्ट्रिकटन मात्र युरियामल आएको थियो । त्यस यता कोरोना त्रासका बिच लकडाउन भएपछि नेपालमा मल आयात गर्न सकिएको छैन’, महतले भने। भारतबाट ल्याइएको युरिया मलमामा कोरोना संक्रमणको उच्च जोखिम भए पनि किसानको माग भएकाले थोरै भए पनि ल्याएर बिक्री गरेको सहकारीले जनाएको छ। साल्ट्रेडिङको मल प्रतिबोरो ८५० रुपैयाँमा बिक्री गरेको जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.