टिचिङका दुई चिकित्सकसहित ६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण : आकस्मिक सेवा बन्द

टिचिङका दुई चिकित्सकसहित ६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण : आकस्मिक सेवा बन्द

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत दुई चिकित्सक र चार स्टाफ नर्समा बुधबार कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। 

त्रिवि अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासका अनुसार इमर्जेन्सीमा कार्यरत दुई चिकित्सक र वार्डमा कार्यरत चार नर्सिङ स्टाफमा कोरोना संक्रमण पुष्टि भएको हो। 

चिकित्सकमा लक्षणसमेत भएकाले त्यही उपचार भइरहेको डा. दासले जानकारी दिए। लक्षण नदेखिएका तर पीसीआर रिपोर्ट पोजिटिभ आएका अन्य स्वास्थ्यकर्मीलाई घरकै आइसोलेसनमा बस्न भनिएको छ। 

बुधबार ६ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालकामा कोरोना संक्रमित स्टाफको संख्या १८ पुगेको छ।
 
इमर्जेन्सीमा कार्यरत चिकित्सकमा लक्षणसहितको संक्रमण पुष्टि भएपछि बुधबार साँझबाटै अस्पतालको आकस्मिक सेवा बन्द गरिएको डा. दासले जानकारी दिए। 

‘अहिले नै सूचना निकालेर अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ’, डा. दासले भने।  त्रिवि अस्पतालमा २४ जना संक्रमितको उपचार भइराखेको छ। संक्रमितमध्ये पाँचजना भने आइसीयूमा रहेको डा. दासले जानकारी दिए। 

पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।  योसँगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ।  देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४८१  जनाको पीसीआर परीक्षण गरिएको छ।  अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.