हरियो पत्ति भारत निर्यात : नेपालका कारखाना बन्द हुने अवस्थामा

हरियो पत्ति भारत निर्यात : नेपालका कारखाना बन्द हुने अवस्थामा

इलाम : स्थानीय चिया कारखानाले सस्तोमा चिया खरिद गर्न थालेपछि इलामका कृषकले बिचौलियामार्फत भारतस्थित चिया कारखानालाई हरियो पत्ति बिक्री गर्न थालेका छन्।

इलामका छब्बिसे, हिले, खोलागोदाम, भञ्याङलगायत नाका प्रयोग गरी बिचौलियामार्फत भारतको दार्जिलिङका चिया कारखानामा चिया जाने गरेको सूर्योदय नगरपालिका १० का चिया कारखाना सञ्चालक ज्ञानी सुब्बाले बताए।

भारतीय कारखानाले इलामको सूर्योदय नगरपालिका क्षेत्रको चिया उठाउने गरेका छन्। सूर्योदय नगरपालिकाले चिया कृषक, बिचौलिया र कारखानाका लागि कार्यविधि जारी गरेपछि कारखाना र नगरपालिकाको द्वन्द्व बढ्दै गएको छ। द्वन्द्वका कारण किसानले चियाको मूल्य पाउन सकेका छैनन्। नगरका ६२ भन्दा बढी कारखानाले फस्ट फ्लस चियाको मूल्य प्रतिकिलो २० र ३० रुपयाँ भुक्तानी गरेपछि किसानले लगानीसमेत नउठेको गुनासो गरेका छन्। अघिल्लो वर्ष यो सिजनको चिया ६० रुपयाँ हाराहारी थियो। कारखानाले कोभिड १९ लाई देखाएर मूल्य घटाएका हुन्।

द्वन्द्वको अवसर उपयोग गर्दै बिचौलियाले भारतमा हरियो पत्ति बिक्री गर्न थालेपछि कारखाना बन्द हुने अवस्थामा पुुगेको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले बताए।

नगरपालिकाले जारी कार्यविधिमा अन्य क्षेत्रमा चिया बिक्री गर्न रोक लगाइएको छ भने स्थानीय उद्योगले पनि न्यूनतम चियाको मूल्य प्रतिकिलो ४० रुपैयाँभन्दा कम भुक्तानी गर्न नपाउने व्यवस्था गरेको छ।

यसपटक नगरका दुवै व्यवस्था उल्लंघन भए पनि नगरपालिका व्यवस्थापनमा असफल भएको कृषकको आरोप छ। सूर्योदय नगरपालिकाले गठन गरेको चिया सचिवालयका संयोजक देवेन्द्र शर्माले समस्या समाधानका लागि पहल भइरहेको बताए। उनले हरियो चिया पत्तिको निर्यात रोक्ने काम प्रशासनको भएको उनको भनाइ छ। उनले भने, ‘गृह मन्त्रालयबाट समेत चिया निर्यात रोक्न पत्र आएको छ, हामी छलफलमै छौं।’

कार्यविधि कार्यान्वायन गर्न नगरका कारखाना इच्छुक नदेखिएपछि नगरपालिकाले नै विदेशी व्यपारीलाई घुमाउरो बाटोबाट नगरमा छिराएको कतिपय उद्यमीको आरोप छ। उनीहरू भन्छन्, ‘स्थानीय उद्यमीलाई तह लगाउन स्थानीय सरकार नै लागेको छ, यो त्यसैको परिणाम हो।’

किसानले भने तुलनात्मक रूपमा प्रतिकिलो ७ रुपैयाँसम्म बढी मूल्य पाएका कृषकले भारतीय बजारमा हरियो चिया बिक्री गर्दा फाइदा भएकाले त्यसलाई नरोक्न आग्रह गरेका छन्। कृषक कमल गड्तौलाले भने, ‘भारत जान चिया रोकियो भने फेरि कृषकले दुःख पाउँछन्।’ स्थानीय सरकार र उद्योगी मिलेर चिया कृषकमाथि शोषण गरेको उनले आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.