कोरोना नियन्त्रणका लागि तह र अस्पताललाई १ करोड ६० लाख

कोरोना नियन्त्रणका लागि तह र अस्पताललाई १ करोड ६० लाख

विराटनगर : स्थानीय तह र अस्पताललाई कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि प्रदेश १ सरकारले १ करोड ६० लाख रकम उपलब्ध गराएको छ ।  आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि १ करोड ६० लाख रकम उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । यो स्थानीय तह र अस्पताललाई दिएको थप रकम हो । 

यसपटक ११ वटा जिल्ला अस्पताललाई कम्तिमा १० वेड क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराएको मुख्यमन्त्री शेरधन राईले बताए । केही दिन अगाडि मात्र थप आइसोलेसन बेडहरुको व्यवस्था गर्न प्रदेशस्तरीय सिसिएमसी बैठकले निर्णय गरेको थियो । 

प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनको लागि महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ ।यस्तै रंगेली नगरपालिका ७ स्थित श्रीजनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेशन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-१ स्थित वि. जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेशन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख रकम बितरण गरेको छ । 

बराहक्षेत्र नगरपालिका स्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा १०० बेड क्षमताको आइसोलेशनको लागि १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र संचालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए । 

त्यस्तै प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र संचालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ । 

कोभिड-१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई २० लाख, कोभिड-१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन संचालनका लागि उपलब्ध गराएको छ । 

त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच-पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ ।

प्रदेश १ मा कोरोना संक्रमित थपिदै गएको र लक्षण सहितका बिरामी बढ्न थालेपछि प्रत्येक अस्पताल र तहमा आईसोलेसन आवस्यक भएकाले दोस्रोपटक रकम उपलब्ध गराएको मुख्यमन्त्री राईले बताए । 

यसअघि प्रदेश १ सरकारले कोरोना नियन्त्रणकै लागि महानगरलाई २० लाख, उपमहानगरलाई १५, नगरपालिकालाई १०, गाउँपालिका र जिल्ला समन्वय समितिलाई ५÷५ लाख रकम उपलब्ध गराएको थियो । प्रदेशका अस्पतालको क्षमता बृद्धि र कोरोना उपचारका लागि यस अघि पनि पटक पटक बजेट वितरण गरेको मुख्यमन्त्री राईले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.