मासु पसल र मोटरसाइकल वर्कसपका व्यक्तिसहित २० संक्रमित थपिए

मासु पसल र मोटरसाइकल वर्कसपका व्यक्तिसहित २० संक्रमित थपिए

दमौली : भानु नगरपालिका-१ भन्सार क्षेत्रको समुदाय संक्रमणको जोखिम देखिएको छ। स्थानीय निर्माण व्यवसायीमा मंगलबार संक्रमण देखिएपछि उनीसँगको सम्पर्कका आधारमा पहिचान भएका एक सय २२ जनाको पीसीआर परीक्षणको पछिल्लो नतिजाले उनको घर तथा छिमेकका २० जनामा संक्रमण देखाएको हो। 

एक सय २२ मध्ये केहीको परीक्षण नतिजा आउने क्रममा नै रहेको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले बताए। ‘अहिलेसम्म ८९ जनाको परीक्षणमा २० मा पोजिटिभ देखिएको जानकारी पाएका छौं,’ उनले भने। 
संक्रमितहरुमा सबै भानु- १ भन्सार क्षेत्रका छन्। ‘यसअघि संक्रमण देखिएको व्यक्तिकै छिमेक र आसपासमा संक्रमण देखिएकाले अवस्था जटिल बन्ने देखिएको छ,’ भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भने,‘अब समुदायकै कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने देखिएको छ ।’

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले भए भरको जनशक्ति परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गरिने बताए। ‘यथासम्भव स्रोतको परिचालन गरेर ती व्यक्तिको सम्पर्कमा आएकाको पहिचान गरिनेछ,’ उनले भने। उनका अनुसार गत मंगलबार संक्रमण देखिएका ती व्यक्तिको संक्रमणपछि सम्पर्कमा आएकालाई बाहिर ननिस्कन भनिएको थियो। ‘हामीले आग्रह गरे पनि नटेर्ने अवस्थाले समस्या पारेको छ ।’

संक्रमितमा वर्ककप र मासु पसलका पनि 

संक्रमित २० जना देखिएको भन्सार क्षेत्रका मोटरसाइकल वर्कसप र मासु पसलका व्यक्ति पनि संक्रमित पाइएका छन्। यसले अवस्था थप जटिल बनाएको छ। ‘धेरै मानिस आउने वर्कसप र मासु पसलका व्यक्तिमा नै संक्रमण देखिएकाले यसले अझ धेरैमा संक्रमण फैलिएको देखाउँछ,’ भट्टराईले भने,‘समुदाय संक्रमणको जटिल अवस्थामा पुगेको छ ।’

यस अघि संक्रमण देखिएकाले भाद्र २ गतेसम्मका लागि सबै नगर क्षेत्र शिल गरिएको थियो। भानुमा संक्रमण फैलिएपछि आवश्यक रणनीति बनाउन जिल्ला कोभिड कमाण्डको बैठक बसेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.