बलत्कार गर्न खोज्ने एक जना पक्राउ

बलत्कार गर्न खोज्ने एक जना पक्राउ

धरान : चारकोसे जङ्गलमा निगुरो टिपिरहेकी ५२ वर्षीया महिलालाई जबरजस्ती बलत्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका १७ स्थित उदय सामुदायिक वन क्षेत्रमा निगुरो टिपिरहेकी महिलालाई खुकुरी देखाएर जबरजस्ती गर्न खोजेको अभियोगमा स्थानिय ३३ वर्षीय  तेजकुमार राजधामीलाई फक्रउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । 

चारकोसे जङ्गलमा निगुरो टिपिरहेकी महिलालाई सुरुमा खुकुरी देखाएर जबरजस्ती गर्न खोजेको र महिलाले प्रतिकार गरेपछि राजधामी गरगहना चोरेर फरार भएका थिए । घटनापश्चात तत्काल पीडित महिलाले प्रहरीमा उजुरी दिए पश्चात राजधामीलाई प्रकाउ गरिएको प्रहरी निरिक्षक ओलीले जानकारी दिए । उनको साथबाट महिलाका गरगहना र घटनामा प्रयोग गरेको खुकुरी बरामत गरिएको उनले बताए । 

पक्राउ परेका राजधामीलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । अभियुक्तविरुद्ध जबरजस्ती करणी उद्योग तथा चोरी मुद्धा दर्ताका लागि हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको ओलीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.