मध्यपहाडी लोकमार्गमा सडक भासियो

मध्यपहाडी लोकमार्गमा सडक भासियो

कुश्मा :  लगातारको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्डको पर्वत सदरमुकाम कुस्मा  नजिकै वडा नं. ७ फलामखानीमा शनिबार बिहान भासिएको हो। 

पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएको सडक भासिएपछि सवारी सञ्चालनमा जोखिम भएको छ। कालोपत्रे गर्ने अन्तिम तयारी अवस्थामा रहेको बेलामा भएको लकडाउनका कारण काम रोकिएको अवस्थामा सडक भासिएको हो। झण्डै एक सय मिटरभन्दा बढी भाग भासिएपछि अहिले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ। 

सडकको छेउबाट मध्य भागसम्म भासिएका कारण तत्कालका लागि भासिएको ठाउँमा एकतर्फी रूपमा मात्रै सवारी चलाउन लागिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। सडक मर्मत गर्न लामो समय लाग्ने भएकाले अहिलेलाई भासिएको ठाउँमा बार लगाएर कुनापट्टिबाट एकतर्फी सवावरीसाधन सुचारु गरिएको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। 

सडक भासिएपछि सदरमुकाम कुश्मासँगै छिमेकी जिल्ला म्याग्दी, बागलुङ र मुस्ताङबाट छुट्ने सवारीसाधनले पालो कुरेर बाटो काट्नुपर्ने भएको छ। सवारी चाप हुँदा केही बेर जामसमेत हुने गरेको चालकको गुनासो  छ। उक्त स्थान पहिरोको समेत उच्च जोखिममा रहेकाले वर्षात नरोकिए सडक अझै भत्किन सक्ने स्थानीय देवराज पुरीले बताए। तलपट्टि भीर रहेकाल पनि उक्त खण्ड वर्षायाममा जोखिमपूर्ण रहेको उनले बताए। सडकको दीर्घकालीन रुपमा मर्मत नगर्ने हो भने जुनसुकै बेला जोखिम निम्ति सक्ने भएकाले निर्माण पक्षले तत्काल मर्मतका लागि पहल गर्नुपर्ने उनको भनाइ छ। 

विगतका वर्षमा भन्दा यस वर्ष वर्षा धेरै भएकाले पनि मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा बढी समस्या आउन थालेको छ। निर्माणाधिन सडकमा हरेक दिनजसो पहिरो खस्न थालेपछि पटक-पटक सडक अवरुद्ध हुने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.