एकै परिवारका ५ जनामा कोरोना संक्रमण

एकै परिवारका ५ जनामा कोरोना संक्रमण

दमौली : व्यास १ भादगाउँ रतौली टोलमा एकै परिवारका प्रहरी दम्पत्तिसहित ५ जनामा कोरोना पोजिटिभ देखिएको छ । केही दिनअघि वृद्धा आमाको उपचारका क्रममा पोखरामा गरिएको परीक्षणमा कोभिड पोजिटिभ देखिएपछि परिवारका सदस्यको परीक्षणका क्रममा थप पाँचजनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित पति प्रहरी कार्यालय लमजुङमा कार्यरत रहेको र  केही दिनअघि घर आएका थिए । उनकी पत्नी भने जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत थिइन् । आमामा संक्रमण देखिएपछि घरका चार र आफन्त तथा सवारी चालकसहित आठ जनाले पोखरा गएर स्वाब नमूना दिएका थिए । 'स्वाब दिएर आएर उहाँहरु घरमै हुनुहुन्थ्यो, 'वडाध्यक्ष खरसिं दरैले भने, 'एकै घरमा बस्ने चारजनामा पोजिटिभ देखियो ।' चालक र बिरामी वृद्धाका अरु छोरा बुहारी र आफन्तको भने रिपोर्ट नेगेटिभ आएको आफन्तले बताए । 

उनीहरुमा संक्रमण कार्यालयबाटै फैलियो कि भन्ने विषयमा भने अनुसन्धान भइरहेको स्वास्थ्य अधिकारीको भनाइ छ । महिला कार्यरत प्रहरी कार्यालय तनहुँका २७ जना प्रहरीको सम्पर्क पहिचान गरी स्वाब नमूना संकलन गरिएको छ । 

'संक्रमित पारिवारिक सदस्यको सम्पर्कमा आएकी महिला प्रहरीमा संक्रमण हुन सक्ने अनुमानका आधारमै हामीले ती प्रहरीलाई बेग्लै राखेर स्वाब संकलन गरेका हौं,' प्रहरी उपरीक्षक अरुण पौडेलले भने, 'अब आउने नतिजाका आधारमा आवश्यक थप कदम चाल्नेछौं ।'

टोलमा सिल गरिने

भादगाउँ रतौली टोलका संक्रमितका पारिवारिक सदस्य घरमै बेग्लै बसेका छन् । अब थप संक्रमण फैलन नदिनका लागि आफूहरुले टोल सिल गर्ने तयारी गरेको वडाध्यक्ष खरसिं दरैले बताए । 'थप जोखिम नहोस् भनेर टोलले अन्त नजाने र अन्तबाट आउन नदिने गरी सिल गरिंदैछ,' उनले भने, 'यसले थप जोखिम नबढोस् भन्ने हाम्रो चाहना हो ।' यसअघि नै वृद्धामा संक्रमण देखिएयता वडा कार्यालयले सेवा स्थगित गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.