एक साताका लागि व्यास नगरपालिकामा लकडाउन

एक साताका लागि व्यास नगरपालिकामा लकडाउन

दमौली : व्यास नगरपालिकामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ। समुदायमा संक्रमण देखिएपछि अझै फैलन सक्ने त्रासका कारण नगरपालिकाले भाद्र १ गतेबाट एक साताका लागि अत्यावश्यक र सरसफाइबाहेक आगमन र व्यवसाय बन्द गर्ने निर्णय गरिएको हो।

व्यास १ भआदा गाउँमा एक वृद्धामा देखिएको संक्रमण परिवारमा फैलिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो। व्यापारी र सरोकार वालासँगको छलफलपछि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। छलफलमा सहभागी तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठ नाथ मिश्रले संक्रमितको सम्पर्कमा आएका व्यक्तिका कारण जोखिम फैलने त्रासका कारण तत्काल बजार बन्द गर्ने सुझाव दिइएको बताए। 

२७ प्रहरीसहित सय बढीको स्वाब नतिजा आउन बाँकी

सुरुमा समुदाय संक्रमण देखिएकी वृद्धाका परिवारका कुल ५ सदस्यमा संक्रमण देखिएको छ।  उनको परिवारका छोरा बुहारी र नाति नातिनी संक्रमित भेटिएका थिए। संक्रमित दम्पतीमध्ये पति लमजुङ्ग र पत्नी जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत रहेको खुलेको छ। हाल २७ प्रहरीसहित अस्पताल कर्मचारी र भानुका संक्रमित गएको अदालत, सरकारी वकिलको कार्यालयसहित क्वारेन्टाइनका सहित एक सयभन्दा बढीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.