उपचारका लागि गएकी महिलाको मृत्युपछि कोरोना पुष्टि

उपचारका लागि गएकी महिलाको मृत्युपछि कोरोना पुष्टि

दमौली : स्वास्थ्य उपचारका लागि पोखरा गाएकी व्यास १ अम्रेनिकी ५० वर्षीया महिलाको उपचारका क्रममा पोखराको कास्की सेवा अस्पतालमा मृत्यु भएको छ। कास्कीमा उपचारका क्रममा उनको ज्यान गाएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। उनले भने, 'बिरामी परेर आफैँ जँचाउन गएकी महिलामा मृत्यु भएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको खबर पाएका छौं।'  

पारिवारिक स्रोतका अनुसार मृतक महिला मधुमेह र मुटुकी बिरामी थिइन्। उपचारका क्रममा ज्यान गएपछि उनीसँगै गाएकी छोरीमा पनि संक्रमण देखिएको वडाध्यक्ष खर्सिङ दरैले जानकारी दिए। 'छोरीमा पनि संक्रमण पुष्टि भएको जानकारी आएको छ', उनले भने।

ती महिला साउन ३२ गते उपचारका लागि पोखरा गएकी थिइन् । उनी केही दिन अघि आफन्तकहाँ भानु गएर आए पछि बिरामी परेको खुलेको छ । भानुमा कोरोनाको समुदाय संक्रमण देखिएकाले त्यहींबाट संक्रमण फैलिएको आशंका गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.