प्रोटोकल अस्पष्ट हुँदा मृत्यु

प्रोटोकल अस्पष्ट हुँदा मृत्यु

इलाम : क्वारेन्टाइनमा बसेका व्यक्तिको पीसीआर रिपोर्ट नआई गम्भीर स्वास्थ समस्या भए कहाँ उपचार गर्ने भन्ने कानुनी अस्पष्टताले सूर्योदय नगरपालिकास्थित करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय युवकको मृत्यु भएको छ। भारतको हैदराबादबाट गत २६ गते नेपाल आएर क्वारेन्टाइनमा बसेका सूर्योदय नगरपालिका ९ का युवामा आइतबार बिहान १० बजे छातीमा समस्या देखिएको थियो।

पीसीआर रिपोर्ट नआई सिकिस्त बनेका उनलाई विराटनगरको कोरोना अस्पतालदेखि अन्य सरकारी तथा निजी अस्पतालले उपचार गर्न अस्विकार गर्दा करिब १२ घण्टापछि मृत्यु भएको हो।

प्राथमिक स्वास्थ केन्द्र फिक्कलका निमित्त मेडिकल सुपरिटेन्डेन डा. सरोज दर्नालका अनुसार ती युवालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने अवस्था थियो। उनले भने ‘मुटुले राम्रो काम गरेको थिएन, हामीले सबै अस्पतालमा लैजान प्रयास गरे पनि पीसीआर रिपोर्ट नआएसम्म भर्ना नगर्ने जवाफ पायौं।’

क्वारेन्टाइनमा डा. दर्नालसहितको स्वास्थ्यकर्मीको टोलीले आइतबार राति ११ बजेसम्म बचाउन प्रयास गरेको थियो। मृत्युपछि मेची अञ्चल अस्पताल भद्रपुरले उनको पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रतिवेदन दिएको छ।

डा. दर्नालले क्वारेन्टाइनमा रहेका बिरामीलाई अचानक स्वास्थ्य समस्या भए कसरी व्यवस्थापन गर्ने भन्ने कानुनी व्यवस्था नभएकाले सच्याउनुपर्ने बताए। उनले भने ‘कोभिडसम्बन्धी सरकारी प्रोटोकलमा यस्ता केसमा उपचारका लागि बाटो खुला गर्न सच्याउनुपर्ने देखियो।’

स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि सूर्योदय

नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरे पनि राति ११: ५ बजे उनको मृत्यु भएको सूर्योदय नगरपालिकाका कोभिड फोकल पर्सन विपिन अधिकारीले बताए।

गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिपोर्ट भने आउन बाँकी थियो। ती युवामा छाती दुख्ने, ज्वरो आउने र श्वास फेर्न समस्या भएको अधिकारीले बताए।

मृतक युवाका बाबुआमा सम्पर्कमा नआएपछि आफन्तले दिउँसो दाहसंस्कार गरेका थिए। सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले सबै प्रकारका प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको बताए। उनका अनुसार मृतक युवामा डाक्टरले पुरानो टीबीको आशंका गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.