धरानमा भदौ १० गतेसम्म लकडाउन
धरान : कोरोना भाइरसको संक्रमण दैनिक वृद्धि भएपछि धरान उपमहानगरपालिकामा लकडाउनको समय थप गरिएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले धरानमा भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको मेयर तिलक राईले जानकारी दिए।
पछिल्लो समय धरानमा विदामा आएका भारतीय सेनामा कार्यरत नेपाली र ट्राभल हिष्ट्री नै नभएकालाई समेत कोरोना भाइरसको संक्रमण देखिन थालेपछि संक्रमणबाट बचाउनका लागि धरानमा लकडाउनको समय थप गरिएको मेयर राईले बताए।
यस अगाडि दुई पटक गरी गरिएको लकडाउनको समय मंगलबार सकिएको छ । सर्बसाधारणको जनगुनासोका कारण बिहान ८ बजेसम्म तरकारी, खाद्यान्न र दूध पसल खोल्न दिने बैठकले निर्णय गरेको छ ।
सोमबारसम्म धरानमा मात्र संक्रमितको संख्या ९२ पुगेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !