थप ६८१ जनामा कोरोना भाइरस पुष्टि : संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो

थप ६८१ जनामा कोरोना भाइरस पुष्टि : संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा ६८१जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा २१६ महिला र ४६५ पुरुष हुन्। योसहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

बुधबारसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ११८ पुगेको छ। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८७ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ३ हजार १ सय ३३ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। नेपालमा कोरोनाबाट १२० जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट १२० जनाको मृत्यु भएको छ।

यस्तै हालसम्म १३१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको आइसीयूमा उपचार भइरहेको छ। विभिन्न प्रदेशका १३१ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यस्तै ६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।उनीहरु सबै बागमती प्रदेशका हुन्।

प्रदेश १ मा १० जना, प्रदेश २ मा ४६ जना, बागमतीमा ५७ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५ मा १२ जना गरी १३१ जनाको आएसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।  यस्तै मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी कोरोनाका बिरामी रहेका छन्। मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला कोरोनामुक्त भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.