२४ घण्टामा दुई कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१ का ६१ वर्षीय पुरुष तथा हेटौंडा १९ की ६२ वर्षीया एक महिलाको मृत्यु भएकोमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोमबार स्वाब नमूना परीक्षणका लागि दिएका बृद्धको मंगलबार मृत्यु भएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौँलागाईले बताए। बुधबार उनमा संक्रमण रहेको नतिजा प्राप्त भएको थियो। 

भरतपुरमा उपचाररत महिलामा पनि मृत्युपछि नै कोरोना पुष्टि भएको हो। मृगौला, उच्च रक्तचाप लगायत दीर्घरोगको उपचार गराइरहेका हेटौंडा १ का ६१ वर्षीय वृद्धको मंगलबार राति निधन भएको थियो। विगत तीन महिनादेखि कलेजोको क्यान्सरबाट पीडित मृतक महिला चितवनस्थित मेडिकल कलेजमा उपचाररत थिइन्। वृद्धाको मृत्यु हुनुअघि निकालिएको स्वाब परीक्षण नतिजा पोजिटिभ आएको मेडिकल कलेजलाई उदृत गर्दै हेटौंडा १९ का वडाध्यक्ष नवराज सुवेदीले बताए। 

बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार मात्रै थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएराति मृत्यु भएका एक वृद्धसहित १४ जना पुरुष र ६ जना महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका इञ्चार्ज चौलागाईले जानकारी दिए। बुधबार नै जिल्लाको भीमफेदी गाउँपालिकाकाका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको प्रदेशस्तरीय प्रयोगशालाबाट बुधबार दिउँसो प्राप्त नतिजा अनुसार संक्रमित हुनेहरु सबैभन्दा बढी हेटौंडा–४ का ७ जना रहेका छन्। 
गत साउन ३१ गते लिइएको स्वाब नमूना परीक्षणको नतीजा बुधबार प्राप्त भएको हो। १३५ जनाको स्वाब नमूना परीक्षण गर्दा २३ जनामा पोजिटिभ देखिएको इञ्चार्ज चौलागाईंले जानकारी दिए। 
बुधबार २३ जना थपिएसँगै मकवानपुरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय २७ पुगेको छ। संक्रमितको संख्या थपिएसँगै मकवानपुरको स्थानीय तहहरुले धमाधम अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिरहेका छन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिकाले ९ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ। 
त्यस्तै गत साताबाट बकैया गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा ठप्प छ। सोमबारबाट इन्द्रसरोबर गाउँपालिका र  बुधबारदेखि भीमफेदी गाउँपालिकाले पनि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको सूचना मार्फत जानकारी गराएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.