५० बेडको आइसोलेसन बनाइँदै, श्रमदान गर्दै सांसद

५० बेडको आइसोलेसन बनाइँदै, श्रमदान गर्दै सांसद

सिन्धुली : कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै जाँदा आइसोलेसन वेड अभाव भएपछि एकैपटक ५० वेडको आइसोलेसन अस्पतालनै निर्माण थालिएको छ। कमलामाई नगरपालिका–६ शिवनगरमा ३ करोड ३६ लाख रुपैयाँको लागतमा आइसोलेसन अस्पताल निर्माण थालिएको हो। 

आएसोलेसन निर्माणका लागि बागमती प्रदेशका सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले अगुवाए गरिरहेका छन्। सिन्धुली अस्पतालको संयोजनामा तीनसाताभित्र निर्माण सम्मन्न गर्ने योजना रहेको अस्पताल निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा नेपाल रेडक्रस शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए।

गत बुधबार सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सदरमुकाममा आइसोलेसन निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

बैठकले रेडक्रस सभापति श्रेष्ठको अध्यक्षतामा अस्पताल निर्माण उपभोक्ता समिति गठन गरिएपछि अस्पताल निर्माणको काम थालिएको हो। यहि भदौ २५ गतेसम्ममा आइसोलेसन अस्पताल निर्माण सम्पन्न गरिने श्रेष्ठको भनाए छ।  

ट्रष्ट राखेर इटाको गाह्रो जोडेर बनाइने अस्पताल विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको हुने उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले खावी गरेका छन्। ५० वेडको आइसोलेसनमा तीन वटा आइसीयूसहितको बेड रहने जानकारी दिइएको छ। अस्पताल निर्माणमा ९७ लाख रुपैयाँ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय सहयोग गर्ने छ।

बाँकी रकम स्थानीय तह, सामाजिक संघ संस्था र व्यक्तिसँग सहयोग जुटाइने छ। प्रदेश सांसद दाहाल स्वयम श्रमदानमा समेत सक्रिय भएका छन्। दाहालसँगै जिल्लाका जनप्रतिनिधि, सुरक्षा निकाय, संघसंस्थाका प्रतिनीधिहरु सक्रिय भएर लागि परेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.