इटहरीकी उपमेयर गुर्जो खोज्दै

इटहरीकी उपमेयर गुर्जो खोज्दै

इटहरी : इटहरी उपमहानगरपालिकाले आइसोलेसनमा रहेका कोरोना संक्रमिलाई गुर्जो बाँड्न थालेको छ । उपमेयर लक्ष्मी गौतमले जंगलबाट गुर्जो ल्याएर बाँड्न थालेकी हुन् । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई घरमै गएर भेटिरहेकी उपमेयर गौतमले जंगलबाट गुर्जो संकलन गरेर बाँड्न थालेको बताइन्। 'कोरोना भाइरस संक्रमितलाई संचो हुने प्रतिक्रिया पाएपछि र स्वास्थ्यकर्मीले पनि सिफारिस गरेपछि गुर्जो संकलन गरेर बाँड्न थालेका हौं,' उनले भनिन्, 'फलफूलसँगै गुर्जो पनि लगेर दिने गरिएको छ ।'

इटहरीमा तीन हजार बढीको स्वाब परीक्षण भइसकेको छ। जसमध्ये १०१ जनामा संक्रमण भेटिएको छ। धेरैजसो बिरामी होम आइसोलेसनमा छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.