ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते
दार्चुला : जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ रातापानीमा बुधबार दिउँसो एक बजे ट्रयाक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। मार्मा गाउँपालिकाका वडा नम्बर २ सेलभिसाबाट चामल र मानिस बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको से ४ क ४०४७ नम्बरको ट्रयाक्टर रातापानीमा दुर्घटना भएको हो।
मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय गणेश धामी रहेका छन्। मार्मा गाउँपालिका वडा नम्बर १ का १६ वर्षीय विकास नेपाली, सोही ठाउँका ५३ वर्षीय रामसिंह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका वडा नम्बर २ का विरसिंह लोथ्याल गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक कमलबहादुर बिष्टले बताए।
दुर्घटनाको कारण भने खुल्न नसकेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !