शंकास्पदको स्वाब संकलन, कोरोना रिपोर्ट नआउँदै धमाधम घर फिर्ता

शंकास्पदको स्वाब संकलन, कोरोना रिपोर्ट नआउँदै धमाधम घर फिर्ता

जाजरकोट :  जाजरकोट सदरमुकाम खलंगामा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेकाहरुलाई रिपोर्ट नआउँदै घर पठाइएको छ । शंकास्पदको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएपछि रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्नुपर्नेमा प्रावधान भएपनि त्यसो नगरेर सिधै घर पठाउने गरिएको छ ।

केही दिनअघि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पश्चिम रुकुमको चौरजहारीस्थित मिसन अस्पताल (कोरोना अस्पताल) पठाइएका २० मध्ये १९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

विभिन्न सरकारी कार्यलयमा कार्यरत कर्मचारी र स्थानियमा कोरोना देखिएपछि उनीहरुको संम्पर्कमा रहेका तीन सयजनाको स्वाव संकलन गरेर सुर्खेत पठाइएको छ । स्वास्थ्य सेवा कार्यालय, भेरीनगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र नेपाली सेनाका गरी तीन सय जनाको स्वाव संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेशण प्रयोगशालामा पठाईएको स्वास्थ्य सेवा कार्यालयका महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीले बताए ।

मंगलबार पठाइएका स्वाबको रिपोर्ट आउन कम्तिमा १० दिन लाग्ने भएको छ । त्यतिबेलासम्म स्वाब संकलन गरिएका कसैको निगरानीमा हुँदैनन्। होम क्वारेन्टाइनमा बस्नु भनिएको छ तर उनीहरु निर्वाध घुमफिर गर्ने र परिवारका अन्य सदस्यसँग हेलमेल गरिरहेका छन् । 

'नतिजा आउँदासम्म उनीहरुले अरु सयौसँग सम्पर्कमा गइसकेका हुन्छन् । यदि पोजिटिभ रिपोर्ट आए अवस्था झन खतरा हुने भेरी नगरपालिका ४ का विष्णु भडेलले बताए ।' 'संक्रमण देखिएको सदरमुकामका सबैलाई परीक्षण गरिनुपथ्र्यो, त्यो पनि गरिएन, जोजसले परीक्षण गराए उनीहरुलाई पनि नतिजा नआउँदासम्म क्वारेन्टाइनमा राख्नु पथ्र्यो त्यो पनि भएन,'उनले भने ।संक्रमित १९ जनालाई त्रिभुवन माविमा बनाइएको आइसोलेसनमा राखेर उपचार थालिएको छ । तर उनीहरुसँग सम्पर्कमा आएकाको कन्ट्रयाक टेसिङ् गरिएको छैन।

करीब पाँच सय बढी व्यक्ति उनीहरुको सम्पर्कमा गएको आशंका छ । तर, संक्रमण भएकाहरुको परिवार तथा छिमेकको समेत परीक्षण नगरिनु दु:खद र लापरवाही हो भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहले भने, ' महामारीमा हेल्चक्रयाई गर्नु हुँदैन । स्थानीय सरकार र सम्बन्धित निकायले यस कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ ।' सदरमुकाममा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले १५ भदौसम्मका लागि निशेषज्ञा जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.