ललितपुरमा कोरोनाबाट थप एकजनाको मृत्यु
ललितपुर : ललितपुरको किस्ट अस्पतालमा उपचाररत ४८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेस्वर गेलालले जानकारी दिए।
कडा खालको भाइरल निमोनियाबाट ग्रसित ती पुरुष भदौ ८ गते किस्ट अस्पताल भर्ना भएका थिए। गेलालका अनुसार उनी अर्घाखाँचीका बासिन्दा भएपनि हाल काठमाडौंको बालाजुमा बस्दै आएका थिए । उनको बुधबार राती सात बजेतिर निधन भएको अस्पताल स्रोतले जनाएको छ।