व्यासमा बजार खोल्ने, यातायात सेवा बन्द

व्यासमा बजार खोल्ने, यातायात सेवा बन्द

दमौली : व्यास नगरपालिकाले बजार खुलाउने तर साना सवारी नचलाउने निर्णले गरेको छ। नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघिको निषेधाज्ञाको म्याद शुक्रबार सकिएपछि अब थप गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा छलफल भएको थियो । 'छलफलमा सहभागी धेरै व्यापारीले बजार खुलाउन माग गरेपछि जोखिम कम गर्दै खुलाउने सहमति भएको छ, 'छलफलमा सहभागी तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले भने । 

बैठकमा एक साताका लागि बजार बिहान ८ देखि साँझ ६ बजेसम्म खुलाउने निर्णय भएको छ । आसपासका क्षेत्र र बजारभित्रै पनि संक्रमित भेटिने क्रम नघटेकाले अब बजार खुलाउँदा विशेष सावधानी अपनाउने निर्णय गरिएको उनले बताए । 'बजारमा ग्राहकलाई अनिवार्य मास्क लगाएर आए मात्र सामान बिक्री गर्ने अनि आफूले पनि मास्क र स्यानिटाइजरको व्यवस्था गर्ने सहमति भएको छ,' उनले भने । 

व्यासमा हालसम्म ४१ जनामा संक्रमण देखिएको छ । व्यासमा बस्ने भानु र म्याग्देका अरु दुईजनामा पनि संक्रमण देखिएको थियो । छिमेकका तहबाट संक्रमित बढी आउन थालेकाले बजारको केही तप्काबाट अझ बजार बन्द गराउनुपर्ने माग आए पनि सटर भाडामा बस्ने अधिकांशले भने यसमा बिमति जनाएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.